कास्की प्रशासनले पनि रोक्यो सवारी साधनको आवतजावत
सारांश
- कास्की प्रशासनले भारी वर्षाका कारण लामो दूरीका सवारी साधन रोकेको छ।
- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार, असोज २० गतेसम्म लामो दूरीका गाडीहरूलाई रोक लगाइएको छ।
- बाढी, डुबान, पहिरो र भूक्षयको जोखिमलाई ध्यानमा राख्दै, प्रशासनले सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको छ।
पोखरा । कास्की प्रशासनले पनि सवारी साधनको आवतजावत ठप्प पारेको छ । निरन्तर भारी वर्षा हुने भन्दै प्रशासनले लामा दूरीका सवारी नचलाउन अपिल गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशैभर भारी वर्षाको प्रक्षेपण गरेको छ । शानिबार सूचना जारी गर्दै प्रशासनले असोज २० गतेसम्म कास्कीबाट छुट्ने र कास्की हुँदै चल्ने लामा दूरीका सबै गाडी रोक्न भनेको हो ।
सूचना अनुसार, कास्की हुँदै बाग्मती प्रदेश, काठमाडौँ उपत्यका, लुम्बिनी प्रदेश र मधेस प्रदेशतर्फ जाने लामो दूरीका सवारी साधनमा पूर्णरूपमा रोक लगाइएको छ । यसका साथै, म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जा जिल्लाबाट कास्की हुँदै अन्यत्र जाने लामो दूरीका सवारी साधनमा पनि रोक लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।
वर्षाबाट बाढी, डुबान, पहिरो र भूक्षय जस्ता विपद्जन्य जोखिम रहेको प्रशासनले जनाएको छ । कास्की प्रशासनले यातायात व्यवसायीहरूलाई पनि तत्कालै सवारी साधनको आवतजावतमा रोक लगाउन आग्रह गरेको छ । अत्यावश्यक काम नभई जिल्ला भित्र, अन्तर जिल्ला र रातिको समयमा आवतजावत नगरी घरमै सुरक्षित बस्न सर्वसाधारणलाई अनुरोध गरिएको लम्सालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण