जनकपुरधामका निजी विद्यालय दुई दिनका लागि बन्द
सारांश
- अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका निजी विद्यालयहरू असोज १९ र २० गते बन्द हुनेछन्।
- एनप्याब्सन र प्याब्सन जनकपुरधामले संयुक्त सूचना जारी गर्दै विद्यालय बन्द रहने जनाएका छन्।
- विद्यार्थी र अभिभावकको सुरक्षालाई ध्यानमा राख्दै, परीक्षा लगायतका शैक्षिक कार्यक्रम स्थगित गरिएका छन्।
जनकपुरधाम । अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाभित्रका सबै निजी विद्यालय असोज १९ र २० गते बन्द हुने भएका छन् । लगातारको वर्षाबाट उत्पन्न जोखिम र विद्यार्थी तथा अभिभावकको सुरक्षालाई मध्यनजर गर्दै विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।
निजी विद्यालय सञ्चालकहरूको संगठन एनप्याब्सन जनकपुरधाम र प्याब्सन जनकपुरधामले शनिवार संयुक्त रूपमा सूचना जारी गर्दै विद्यालयहरू अस्थायी रूपमा बन्द रहने जानकारी दिएका छन् । जनकपुरधाम र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। सडकका विभिन्न भागमा पानी जम्नुका साथै विद्यालय परिसरमा हिलो र फोहोर बढेको र यातायातमा अवरोध भएको कारण विद्यार्थीहरूको विद्यालय आवतजावत जोखिमपूर्ण बनेको छ ।
एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक कुमार ठाकुर र प्याब्सन जनकपुरधामका नगर अध्यक्ष रविन्द्र कुमार चौधरीले संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी र अभिभावकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै असोज १९ र २० गते सबै निजी विद्यालय बन्द राख्ने निर्णय गरिएको हो। यो जनस्वास्थ्य र सुरक्षाको दृष्टिले आवश्यक कदम हो ।’
विद्यालयहरू बन्द रहने अवधिमा परीक्षा, खेलकुद, प्रशिक्षण, अभिभावक बैठक लगायत सबै शैक्षिक कार्यक्रमहरू पनि स्थगित हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण