आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

मनुमति खोलाले क्षति पुर्‍याएको ठाउँमा मर्मत सुरु (तस्बिरहरू)

आइतबार, १९ असोज २०८२, १२ : १२
आइतबार, १९ असोज २०८२

सारांश

  • काठमाडौंको कोहिनुर हाउजिङ नजिकैको मनुमति खोलामा आएको बाढीले सडकमा क्षति पुर्यायो।
  • बाढीले सडक भत्काएपछि घरहरू जोखिममा परेका छन् र मर्मत कार्य सुरु भएको छ।
  • महानगर प्रहरी खोला किनारमा पर्खाल लगाउने र सडक मर्मतमा जुटेको छ।

काठमाडौँ । काठमाडौँको कोहिनुर हाउजिङसँगैको मनुमति खोलाले क्षति पुर्‍याएको ठाउँमा सडक मर्मतको काम थालिएको छ । अहिले महानगर प्रहरी खोला किनारमा वाल लगाउने र सडक मर्मत गर्ने काममा जुटेका हुन् ।

शुक्रवार रातिदेखि परेको पानीका कारण मनुमति खोलामा बाढी आउँदा किनारको सडक नै भत्काएको थियो । सडकसँगै जोडिएका घरसमेत जोखिममा परेका छन् । 

शनिवार पनि नेपाल प्रहरी र महानगर प्रहरीको टोलीले बाँस राखेर बाढी रोकथामका उपाय अपनाएका थिए । खोलाको बाढी घटेर सामान्य भएपछि आज बिहानैदेखि थप मर्मतको काम थालिएको हो ।

manumati (10)manumati (11)manumati (12)manumati (13)manumati (14)manumati (15)manumati (16)

manumati (2)manumati (3)manumati (4)manumati (5)manumati (6)manumati (7)manumati (8)manumati (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप