वीपी राजमार्ग अवरुद्ध : वैकल्पिक बाटो सञ्चालनमा
सारांश
- लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध वीपी राजमार्गको विकल्पको रूपमा खुर्कोट-मन्थली-चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।
- सडक डिभिजन चरिकोट र जिल्ला सुरक्षा निकायको टोलीले स्थलगत निरीक्षणपछि बाटो सुचारु गरेको हो।
- चरिकोट-केर्ने सडक खण्डको कालीदह क्षेत्रमा भासिएको सडक अस्थायी रूपमा मर्मत गरी यातायात सञ्चालनयोग्य बनाइएको छ।
दोलखा । लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध भएको वीपी राजमार्गको विकल्पका रूपमा खुर्कोट–मन्थली–चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।
सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल र जिल्ला सुरक्षा निकायका प्रमुखहरूको टोलीले आज उक्त वैकल्पिक मार्गको स्थलगत निरीक्षणपछि बाटो सुचारु गर्न सफल भएको हो ।
इन्जिनियर भण्डारीका अनुसार वीपी राजमार्गमा निरन्तर पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक बाटो तत्काल सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको थियो।
‘अब उक्त मार्ग हुँदै सवारी साधन चल्न थालेका छन्, यात्रुका लागि सहज विकल्प खुलेको छ,’ भण्डारीले बताए। खुर्कोट–मन्थली–चरिकोट–खाँडीचौर सडक खण्डमा डिभिजन कार्यालयले मर्मत तथा साना पहिरो पन्छाउने कार्य पूरा गरेको छ।
चरिकोट–केर्ने सडक खण्डको कालीदह क्षेत्रमा भासिएको करिब ३० मिटर सडक पनि अस्थायी रूपमा मर्मत गरी यातायात सञ्चालनयोग्य बनाइएको छ।
स्थानीय बासिन्दाले वैकल्पिक बाटो सञ्चालनमा आएपछि राहत महसुस गरेका छन्। वीपी राजमार्ग पूर्ण रूपमा खुल्ने समयसम्म यो मार्ग अस्थायी रूपमा प्रभावकारी समाधान हुने उनीहरूको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण