सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

खोटाङमा खोलाले बगाएर युवकको मृत्यु

आइतबार, १९ असोज २०८२, १४ : ४०
आइतबार, १९ असोज २०८२

सारांश

  • खोटाङमा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ।
  • उदयपुरको बेलकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ।
  • इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ।

काठमाडौँ । खोटाङमा खोलाले बगाएर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ घर भएका सुमन बिक छन् । २१ वर्षीय बिकको स्थानीय खोलाले बगाएर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेलले रातोपाटीलाई बताए ।

त्यस्तै, उदयपुरको बेलकामा पनि खोलाले बगाएर मञ्जु अधिकारीको मृत्यु भएको छ । अधिकारी मोरङको सुन्दर हरैंचा नगरपालिकाकी स्थानीय हुन् ।

कोशी प्रदेशको इलाममा पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । उनीहरूमध्ये २३ जनाको सनाखत भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप