वीरगन्जका विभिन्न बस्तीहरू डुबानमा
सारांश
- लगातारको वर्षाले गर्दा वीरगन्ज महानगरपालिकाका विभिन्न बस्तीहरूमा बाढी पसेको छ।
- वडा ९, १०, ११, १३ र २४ का टोलहरू डुबानमा परेका छन्, जसले जनजीवन अस्तव्यस्त बनाएको छ।
- मेयर राजेशमान सिंहले प्रभावित क्षेत्रको अनुगमन गरी राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।
वीरगन्ज । निरन्तर वर्षाका कारण सिर्सिया र तिलावे नदीमा पानीको बहाव तीव्र बनेपछि वीरगन्ज महानगरपालिकाका विभिन्न बस्तीहरू डुबानमा परेका छन् ।
महानगरका वडा नम्बर ९, १०, ११, १३ र २४ का टोलहरूमा बाढीको पानी पसेर जनजीवन अस्तव्यस्त बनेको छ ।
स्थानीयवासीको अनुसार पहिलो पटक नदीको पानी गाउँभित्रै पसेर घरहरू जलमग्न बनेका छन् । सिर्सिया नदी ओभरफ्लो भएर बस्तीहरूमा फैलिएको हो भने तिलावे नदीको उर्लँदो भेलले खेतबारी र आसपासका क्षेत्रमा थप डुबान र क्षति पुर्याएको स्थानीय प्रशासनले जनाएको छ ।
बाढीको चपेटामा परेका बस्तीहरूको अवस्था बुझ्न वीरगन्ज महानगरका मेयर राजेशमान सिंह प्रभावित क्षेत्र पुगेका छन् । उनले स्थलगत अनुगमन गर्दै सम्बन्धित निकायलाई राहत र उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन् ।
मेयर सिंहले सिर्सिया र तिलावे नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । उनका अनुसार अन्य बस्तीहरूमा पनि पानी पस्ने क्रम जारी रहेकाले महानगरले राहत तथा उद्धार कार्यलाई थप तीव्रता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
-
अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत
-
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण