कारागारबाट भागेका शरणार्थी प्रकरणका अभियुक्त पक्राउ
आइतबार, १९ असोज २०८२, १५ : १८
सारांश
- प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको छ।
- शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो।
- शर्मालाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–१६ घर भएका सन्देश शर्मा छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई ललितपुरको बखुण्डोलबाट पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिए । शर्मा पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका–६ स्थित हरिसिद्धिमा बस्दै आएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीधन्दा चलाउने गिरोहका मुख्य योजनाकार मध्येका शर्मालाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो ।
जेनजी प्रदर्शनको क्रममा उनी सुन्धाराबाट भागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण