सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा बाढी–पहिरोबारे मोदी : भारत आवश्यक सबै सहयोगका लागि तयार छ

आइतबार, १९ असोज २०८२, १६ : ४७
आइतबार, १९ असोज २०८२

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढी र पहिरोबाट भएको क्षतिको बारेमा दुःख व्यक्त गरेका छन्।
  • उनले भारत नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन्।
  • नेपालमा शुक्रबारदेखिको वर्षाका कारण जनधनको क्षति भएको छ।

काठमाडौँ । नेपालमा शुक्रबारदेखिको वर्षासँगैको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन भारत तत्पर रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत लेखेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनहानि र क्षति अत्यन्त दुःखद छ। यस कठिन समयमा हामी नेपालका जनता र सरकारसँग ऐक्यबद्ध छौँ। मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिकारकका रूपमा भारत आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध छ।’

विभिन्न पहाडी तथा तराई क्षेत्रमा वर्षा, बाढी र पहिरोका कारण जनधनको क्षति भएको छ। उद्धार र राहतका कार्य जारी रहेका बेला छिमेकी मुलुक भारतको तर्फबाट मोदीको यस्तो भनाइ आएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप