लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा सराय नाचको रौनक
सारांश
- लुम्बिनी प्रदेशमा दसैँको रमझम कायमै रह्यो, किनकि मनसुनको खासै प्रभाव परेन।
- सराय नाच लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बडा दसैँको अवसरमा प्रदर्शन गरिन्छ।
- यो नाच पहिले पहाडी जिल्लामा मात्रै खेलिन्थ्यो, तर अहिले तराईका जिल्लामा पनि विस्तार भएको छ।
बुटवल । मनसुनजन्य विपदका कारण बागमती, मधेस, कोशी प्रदेश लगायतका क्षेत्रमा जनधनको क्षति भए पनि लुम्बिनी प्रदेशमा खासै प्रभाव परेन । सोही कारण लुम्बिनी प्रदेशमा दसैँको रमझममा खासै कमी आएन ।
बडा दसैँका अवसरमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सराय नाच देखाउने परम्परा छ । सोही अनुरुप विभिन्न ठाउँमा सराय नाच जारी छ ।
टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म आ–आफ्नो परम्परा अनुसार फरक–फरक दिनमा यो नाच हुने गर्दछ । लुम्बिनी प्रदेशका पहाडी जिल्लाका विभिन्न कोट तथा मन्दिरहरूमा खेलिने यो नाच पछिल्लो समय बसाइसराइसँगै तराईका जिल्लाहरूमा पनि खेल्न थालिएको हो ।
निधारमा रातो टीका, घाँटीमा धजा वा जमराको माला लगाउँदै मान्छेको भिडमा एउटा हातमा खुँडा, तरबार, भाला र अर्को हतमा ढाल वा रुमाल लिएर सराय नाच नाच्ने गरिन्छ ।

बाइसे चौबिसे राज्य हुँदाताका भुरे राजाले आफ्नो कोतमा सराय नाच नचाउने गरेदेखि यो परम्परा सुरु भएको संस्कृतिविद राजेन्द्रकुमार आचार्यले बताए ।
एकादशीको दिन अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुक, भूमिकास्थान नगरपालिका–५, असुर कोट लगायतका भगवती मन्दिरमा सराय नाच भएको छ ।
गुल्मीको घुर्कोट गाउँपालिका पिपल धारा, कपिलवस्तुको गोरुसिङ्गेलगायतका ठाउँमा पनि यो नाच सम्पन्न भइसकेको छ ।
आइतबार गुल्मी जिल्लाको मालिका गाउँपालिका अर्खावाङ्गमा सराय नाच नाचिएको छ । कपिलवस्तुको चन्द्रौटा, बुद्धभूमि नगरपालिको भेलही, पत्थरकोटमा सराय नाच भएको छ भने सोमबार गुल्मीको इस्मा गाउँपालिकामा हुँदैछ ।
पूर्णिमाको दिन गुल्मीको तम्घासको थोगीथुम, कालीगण्डकी गाउँपालिका–६ खड्ककोट खनिया पाटा लगायतमा यो नाच हुने छ ।
पहाडी जिल्लाबाट दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा बसाइसराइ गर्नेहरूले त्यहीँ देवीको मन्दिर स्थापना गरी सराय नाचको सुरुवात गर्दैै आएका छन् । रुपन्देहीको बुटवलमा रहेको जितगढी, देवीनगरस्थित चौपारी लगायतमा पनि सराय नाच हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण