राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो
सारांश
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या बढेको छ, जसले शय्या अभाव निम्त्याएको छ।
- आर्थिक वर्ष २०८१/०८२ मा २ लाख १८ हजार ७९ जना बिरामीले सेवा लिए, जसमा बहिरङ्ग र अन्तरङ्ग सेवा समावेश छन्।
- विशेषज्ञ सेवा विस्तार र उपकरण थपिएपछि बिरामीको विश्वास बढेको छ, र मुटुरोग उपचार सुरु गर्ने तयारी छ।
बुटवल । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएको छ। बिरामीको चाप बढेसँगै अस्पतालमा शय्या अभाव देखिएको छ।
प्रतिष्ठानका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा बहिरङ्ग र अन्तरङ्ग गरी २ लाख १८ हजार ७९ जना बिरामीले सेवा लिएका छन्। तीमध्ये बहिरङ्ग सेवामा २ लाख ४ हजार १ सय र अन्तरङ्ग सेवामा १३ हजार ९ सय ७९ जना रहेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कुल १ लाख ७६ हजार ९ सय ७४ जना बिरामीले उपचार सेवा लिएका थिए। तीमध्ये बहिरङ्ग १ लाख ६८ हजार ५ सय २२ जना र अन्तरङ्ग ८ हजार ४ सय ५२ जना थिए।
त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा १ लाख ६० हजार ६ सय ५८ जनाले सेवा लिएका थिए, जसमा बहिरङ्ग १ लाख ५३ हजार ५ सय र अन्तरङ्ग ७ हजार १ सय ५८ जना बिरामी रहेका थिए।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्साल का अनुसार, विशेषज्ञ सेवा विस्तार र अत्याधुनिक उपकरण थपिँदै गएपछि बिरामीको विश्वास बढ्दै गएको छ।
'प्रतिष्ठानलाई पश्चिम नेपालको स्वास्थ्य हबका रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं,' लम्सालले भने। उनका अनुसार प्रतिष्ठानले आगामी मङ्सिर महिनाभित्र क्याथ्ल्याब सेवा सुरु गरी मुटुरोग उपचार प्रारम्भ गर्ने तयारी गरेको छ।
हाल प्रतिष्ठानमा ३२० शय्या सञ्चालनमा रहेका छन्। तर, बिरामीको सङ्ख्या अत्यधिक बढेकाले शय्या अभावका कारण कतिपय बिरामीले उपचारमा असहजता भोग्नु परेको गुनासो गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण