सेनाद्वारा फेमे खोलामा अस्थायी पुल निर्माण, एक हजार ३१३ जनाको सकुशल उद्धार
मङ्गलबार, २१ असोज २०८२, ०० : ३१
सारांश
- पाँचथरको फिदिम नगरपालिकामा फेमे खोलाको पुल बाढीले बगाएपछि सेनाले अस्थायी पुल बनायो।
- सेनाले फिदिम–फालाटे सडक खण्डमा ह्युमपाइप र डाइभर्सन मर्मत गरी आवागमन सुचारु गर्यो।
- बाढी र डुबानमा परेका १५ जिल्लाका १,३१३ जनाको सेनाले उद्धार गर्यो, जसमा २४ जनाको हवाई उद्धार थियो।
काठमाडौँ। हालैको अविरल वर्षाका कारण पाँचथरको फिदिम नगरपालिका वडा नं १ र ११ को सिमानास्थित फेमे खोलामा पुल बगाएपछि नेपाली सेनाले अस्थायी पुल निर्माण गरी आवागमन सहज बनाएको छ ।
बाढीले फिदिम–फालाटे सडक खण्डमा रहेको ह्युमपाइप तथा डाइभर्सन बगाएकाले सेनाको श्री वीरदल गणबाट खट्टिएको टोलीले अस्थायी पुल निर्माण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले हालसम्म झापा, मोरङ, सप्तरी, सर्लाही, सिराहा, महोत्तरी, इलाम, उदयपुर, चितवन, रसुवा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक गरी १५ जिल्लामा बाढी तथा डुबानमा फसेका एक हजार ३१३ जनाको सकुशल उद्धार गरेको पनि जनाएको छ । २४ जनाको हवाई उद्धार गरिएको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण