बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति

बुधबार, २२ असोज २०८२, १० : ३७
बुधबार, २२ असोज २०८२

सारांश

  • रातो नदीको बाढीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति भएको छ।
  • बाढीले गर्दा जलेश्वरका १५०० परिवार विस्थापित भएका छन्।
  • महोत्तरी जिल्लाका १० नगरपालिका र ५ गाउँपालिकाका बासिन्दा बाढीबाट प्रभावित भएका छन्।

जलेश्वर । रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा रु १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो । 

करिब रु १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७०  र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर  डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ ।  नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो ।

बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप