अझै ३२ स्थानमा सडक अवरुद्ध
बुधबार, २२ असोज २०८२, १२ : ०४
सारांश
- बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गका ३२ स्थानमा सडक अवरुद्ध छन्।
- बीपी राजमार्गमा १८ स्थान, मेची राजमार्ग १० स्थान र अन्य विभिन्न स्थानमा सडक अवरुद्ध छन्।
- सडक विभागले अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरी काम गरिरहेको छ।
काठमाडौँ । बाढी पहिरोका कारण अझै ३२ स्थानमा सडक अवरुद्ध रहेको छ । बुधबार सडक विभागले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न राजमार्गका ३२ स्थानमा अवरुद्ध रहेको छ ।
विभागकाअनुसार बीपी राजमार्गमा बाढी पहिरोका कारण १८ स्थानमा सडक अवरुद्ध बनेको छ । मेची राजमार्ग १० स्थानमा, भेडेडार रबि राँके सडक पाँचथरमा सडक अवरुद्ध भएको छ ।
यस्तै ताप्लेजुङ्को फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज बाढीले बगाउँदा तमोर करिडोर अवरुद्ध छ । सङ्खुवासभाको अल्फटेमा पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध छ ।
त्यस्तै गत असारमा चीनतर्फबाट आएको बाढीले तातोपानी, टिमुरेमा क्षति गर्दा स्याफ्रुवेंसी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध छ ।
अवरुद्ध भएका सडकमा विभागले उपकरणहरू परिचालन गरी खुलाउने प्रयास भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण