शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

केन्द्र सरकारका मन्त्रीहरूले काठमाडौँलाई मात्रै महत्त्व दिए : साह

बुधबार, २२ असोज २०८२, २० : ५५
बुधबार, २२ असोज २०८२

सारांश

  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेसमा केन्द्र सरकारले बाढी र डुबानको बेवास्ता गरेको आरोप लगाए।
  • उनले मधेस बाढी र कटानको मारमा परेको तर केन्द्र सरकारको उपस्थिति नदेखिएको गुनासो गरे।
  • साहले प्राकृतिक विपत्तिको सामना गर्न केन्द्र सरकारको भूमिकाको अभाव रहेको बताए।

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बाढी र डुबानको मारमा परेको मधेसलाई केन्द्र सरकारले पूरै बेवास्ता गरेको आरोप लगाएका छन् । आज (बुधवार) सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले आफू भर्खरै मधेसबाट काठमाडौँ फर्किएको उल्लेख गर्दै मधेस अझै पनि बाढी र डुबानको मारमा रहेको भएपनि केन्द्र सरकारको उपस्थिति नदेखिएको गुनासो पोखे ।

उनले भने,‘म अविरल वर्षा हुँदा गृहजिल्लामा थिएँ, मधेस पूरै बाढी, डुबान र कटानको मारमा थियो, तर केन्द्र सरकार कतैपनि देखिएन । बरु स्थानीय सरकारको उपस्थिति देखियो, तर केन्द्र सरकारको कुनैपनि उपस्थिति देखिएन । के देश भनेको काठमाडौँ महानगरमात्रै हो र ? यदि होइन भने सरकारको निकाय किन मधेस बाढी, कटान र डुबानको मारमा हुँदा देखा परेनन् ?’

  उनले बाढीको कारण मधेसमा बाँध भत्किएको, कयौँ बाटो/घाटो भत्काएको अवस्था हुँदा पनि सरकार नदेखिनु मधेसलाई बेवास्ता गर्नु भएको टिप्पणी गरे । 

प्राकृतिक विपत्तिको सबै तहका सरकारले मिलेर सामना गर्ने भएपनि केन्द्र सरकार उद्धार, राहत र पुनःस्थापनाको लागि मधेसमा नदेखिनु दुःखदायी भएको उनको आरोप छ । अहिले पनि कतिपय राजमार्गमा सडक सञ्जाल अवरुद्ध भएको र दुर्घटनाका घटनाहरु बढ्न थालेको पनि उनले स्मरण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप