शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सरकार, दल र जेनजी - सबैको आ-आफ्नै ताल

बुधबार, २२ असोज २०८२, २२ : ००
बुधबार, २२ असोज २०८२

सारांश

  • गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्ने विषयमा विवाद भएको कुरा सतहमा आएको छ।
  • जेनजी आन्दोलनपछि बनेको सरकारले टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको एक महिना पूरा भएको छ, जसले आर्थिक सुधार ल्याउने लक्ष्य राखेको छ।
  • पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ, जसमा पूर्वमन्त्रीहरूसमेत संलग्न छन्।

आज २०८२ असोज २२ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • पक्राउ गर्ने योजना

गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङबिच विवाद बढेको विषय सतहमा आएको छ । उनीहरूबिच जेनजी आन्दोलनका क्रममा भएको दमनमा नैतिक जिम्मेवार रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सवालमा मतभेद चर्किएको स्रोत बताउँछ ।

  • थरीथरीका जेनजी

 भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलित जेनजी समूहभित्र अहिलेको परिस्थितिबाट देशलाई निकास दिने रोडम्यापबारे मतैक्यता देखिएको छैन । आन्दोलन सफल भएर अन्तरिम सरकार गठन र प्रतिनिधि सभा निर्वाचनको घोषणा भइसकेको अवस्थामा जेनजीभित्र विभिन्न समूह फरक–फरक रोडम्यापसहित अघि बढ्न खोजेको देखिन्छ ।

  • यथास्थितिवादी सोच

भदौ २३ र २४ गते भ्रष्टाचार तथा बेथिति विरुद्ध जेनजीले गरेको विद्रोहका कारण सत्ता गुमाएका पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले अझै पनि परिवर्तन स्वीकार गर्ने पक्षमा देखिएका छैनन् । बरु जेनजी विद्रोहलाई षड्यन्त्रको रूपमा व्यख्या गर्दै उनीहरू आफ्ना गल्ती–कमजोरी ढाकछोप गर्ने पक्षमा उत्रिएका छन् ।

  • अन्तरिम सरकारको गति

अहिलेको सरकार जेनजी आन्दोलनको सफलताबाट निर्माण भएको जगमा टेकेर गठन भएको हो । जेनजी समूहकै सिफारिसमा प्रधानमन्त्रीको जिम्मेवारी सुशीला कार्कीलाई दिइएको हो । सरकार गठनको पृष्ठभूमि जेसूकै भए पनि गठनकै समयमा यसको कार्यादेश र जिम्मेवारी प्रस्ट किटान भइसकेको छ । त्यसैले उक्त जिम्मेवारी पूरा हुने र नहुने विषयले नै यो सरकारको सफलता र असफलता मापन हुन्छ ।

  • टुक्रे आयोजना रोक्का

 सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका करिब १३ सयभन्दा बढी टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको एक महिना पूरा भएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले खर्च कटौती, आर्थिक अवस्थामा सुधार ल्याउने र राष्ट्रिय प्राथमिकताका क्षेत्रमा स्रोत जुटाउने लक्ष्यसहित १३ सयभन्दा बढी टुक्रे आयोजना खारेज गर्ने निर्णय गरेको थियो ।

  • जेनजी आन्दोलनको प्रभाव

शुक्रबार नेपाल पर्यटन बोर्डले तथ्यांक सार्वजनिक गर्दै सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको उल्लेख गर्‍यो । यो वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भित्रिएका बोर्डको तथ्यांक छ ।  

  • भ्रष्टाचार मुद्दा

 पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । 

  • देउवाको रणनीति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । तर देउवा उक्त बैठक सञ्चालन गर्न स्वास्थ्यले कति साथ दिन्छ, त्यस आधारमा मात्रै आगामी रणनीति तय गर्ने मनस्थितिमा रहेका छन् ।

  • मधेस प्रदेश

मधेस प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छैनन् । यस्तो अवस्थामा प्रदेशका तीन दल ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेका छन् ।

  • मनिटरी कोलोनिजमको रणनीति ?

अक्टोबर २ तारिखका दिन भारतको केन्द्रीय बैंकको रूपमा रहेको भारतीय रिजर्भ बैंक (आरबीआई)ले मौद्रिक नीतिमार्फत एउटा महत्त्वपूर्ण व्यवस्थाबारे नीतिगत निर्णय गर्‍यो । यो निर्णय अनुसार अब श्रीलंका, नेपाल र भुटानमा रहेका व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानले भारतीय बैंकबाट भारतीय मुद्रामै ऋण लिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप