घिरौँला, काँक्रो र फर्सीमा भेटियो अत्यधिक विषादी
सारांश
- कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएका घिरौँला, काँक्रो र फर्सीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ।
- मकवानपुरको फर्सीमा ४५.५९ प्रतिशत, धादिङको घिरौँलामा ६५.०३ प्रतिशत र काठमाडौँको काँक्रोमा ५२.९२ प्रतिशत विषादी भेटियो।
- ३५ प्रतिशतभन्दा कम विषादी भए उपभोग योग्य, ५४ सम्म केहि दिन राखेर उपभोग गर्न मिल्ने र ४५ भन्दा माथि भए उपभोग अयोग्य मानिन्छ।
काठमाडौँ । घिरौँला काँक्रो र फर्सीमा विषादीको मात्रा अत्यधिक रहेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका ल्याइएको घिरौँला, काँक्रो र फर्सीमा अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्यधिक भेटिएको केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले जनाएको छ ।
कालीमाटीका बिक्रीका लागि राखिएको मकवानपुरमा उत्पादित हरियो फर्सीमा ४५.५९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको हो । यस्तै धादिङमा उत्पादित घिरौँलामा ६५.०३ प्रतिशत र काठमाडौँमा उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत विषादी भेटिएको जनाएको छ ।
कालीमाटीमा कार्वामेट र अर्गानोफस्फेट नामक समूहका विषादी परीक्षण गरिँदै आएको छ । उक्त विषादी ३५ प्रतिशतभन्दा कम भए उपभोग योग्य मानिन्छ ।
३५ देखि ५४ सम्म केहि दिन राखेर उपभोग गर्न मिल्ने र ४५ भन्दा माथि भए उपभोग अयोग्य मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण