यातायात व्यवस्था विभागले भन्यो– रेकर्डका आधारमा सेवा दिनुहोस्
काठमाडाैँ । यातायात व्यवस्था विभागले अवरुद्ध भएको विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली (EDLVRS) पुनः सञ्चालनमा नआएसम्मका लागि सेवा प्रवाहलाई मौजुदा रेकर्ड र कागजातका आधारमा सञ्चालन गर्न सम्बन्धित कार्यालयहरूलाई आग्रह गरेको छ।
विभागले बिहीबार एक सूचना जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे ।
गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड र आगजनी हुँदा विभागको भौतिक संरचना तथा EDLVRS प्रणाली पूर्ण रूपमा ध्वस्त भएको थियो। हाल विभागले प्रणाली पुनर्स्थापनाको कार्य तीव्र गतिमा अघि बढाइरहेको बताएकाे छ ।
सेवाग्राहीहरूलाई सहज बनाउन अस्थायी वैकल्पिक उपायका रूपमा कार्यालयहरूमा रहेका अभिलेख र सम्बन्धित व्यक्तिको कागजातको आधारमा सेवा दिन सकिने व्यवस्था गर्न प्रदेश मातहतका यातायात कार्यालयहरूलाई आग्रह गरेको हो।
'विभागको EDLVRS System अवरुद्ध हुँदा सोको असर सबै प्रदेश सरकार मातहतका कार्यालयमा पनि परिरहेको अवस्था छ ।
उक्त विषम परिस्थितिमा प्रदेश सरकार मातहतका यातायात कार्यालयहरुले आफ्नो तालुक प्रदेश मन्त्रालयसँग आवश्यक समन्वय गरी यातायात व्यवस्था विभागबाट संचालित EDLVRS प्रणाली संचालनमा नआएसम्मका लागि कार्यालयमा रहेको मौजुदा Record वा सम्बन्धित व्यक्तिको कागजातको आधारमा सम्भव भएसम्मका सेवाहरुमा सहजिकरण र समन्वय गरी सेवा प्रवाहलाई व्यवस्थित गर्ने व्यवस्था हुन सबैमा अनुरोध छ,'जारी सूचनामा भनिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण