तमोर कोरिडोर सडक सञ्चालनमा
सारांश
- तमोर कोरिडोर सडक पाँचथरमा आवागमनका लागि सुचारु भएको छ।
- नावा खोलामा सडकको ट्रयाक निर्माणपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
- शनिबारको वर्षाका कारण अवरुद्ध बनेको सडक खुलाउन समय लागेको थियो।
पाँचथर । गत शनिबारदेखि अवरुद्ध रहेको तमोर कोरिडोर सडक आजदेखि सञ्चालनमा आएको छ । पाँचथर–धनकुटा सीमामा अवस्थित नावा खोलामा सडकको ट्रयाक निर्माण गरी सडक सञ्चालनमा ल्याइएको हो ।
सडक सञ्चालनमा आएसँगै लामो समयदेखि बाटोमा रोकेर राखिएका सवारी र ढुवानीका साधन गन्तव्यतर्फ लागेका छन् । विशेष पुल नभएका खोलामा सडकको अवरोध हटाउन समय लागेको हो ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले कोरिडोर सडकमा मुख्य अवरोध रहेको नावा खोलामा बाढीपहिरो पन्छाउने काम सकिएसँगै आज दिउँसो ४ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी दिए । तमोर कोरिडोर सडक योजना कार्यालयसहितका निकायले सोमबारदेखि नै उक्त सडकमा झरेको पहिरो पन्छाउने तथा बाढीले भत्काएका स्थानमा सडक निर्माणको काम गरिरहेका थिए ।
गत शनिबार र आइतबारको वर्षाका कारण पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मेची राजमार्ग अवरुद्ध बनेको छ भने पाँचथर–ताप्लेजुङलाई सुनसरीको धरानसँग जोड्ने तमोर कोरिडोर सडक अवरुद्ध थियो । तमोर कोरिडोर सडक खुलेपछि इन्धनसहितका अत्याश्यक सामग्री ढुवानी हुने प्रजिअ पोखरेलले जानकारी दिए ।
मेची राजमार्गको इलामको राजदुवाली क्षेत्रमा मात्रै अवरोध बाँकी छ । राजमार्ग अवरुद्ध भएपछि इलाम–फिदिम खण्ड बुधबारदेखि एकतर्फी सञ्चालनमा आएको छ भने माइखोला–जोरकलश खण्ड सञ्चालनमा आइसकेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
-
विश्वकप २०२६: गोल्डेन बुटको दौडमा मेसी र डेभिड शीर्ष स्थानमा
-
डिजिटल बैंकिङमा फड्को: १० बैंकमार्फत १७ अर्बभन्दा बढी ‘फोनलोन’ प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण