ट्रक क्रेनको ठक्करबाट एक जनाको मृत्यु
शुक्रबार, २४ असोज २०८२, २१ : ३७
सारांश
- सप्तरीको चाँदनीचोकमा ट्रक क्रेनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
- दुर्घटनामा ७६ वर्षीय बमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
- सडक निर्माणका लागि आएको ट्रक क्रेनले साइकलमा सवार चौधारीलाई ठक्कर दिएको थियो।
सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा ट्रकक्रेनको ठक्करबाट आज एक जना वृद्धको मृत्यु भएको छ । सडक निर्माणका लागि सिङ्गापुरबाट यहाँ ल्याइएको ट्रक क्रेनले वृद्धलाई ठक्कर दिएको थियो ।
ट्रक क्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेहाई पुल नजिक (डोजर) स्काभेटर बोकेर पूर्वबाट पश्चिमतर्फ पछाडि सार्दै गरेको ट्रक क्रेनले सोही दिशाबाट साइकलमा जाँदै गरेका चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
-
'बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन'
-
ई–पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मनी कम्पनीका प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण