युवकको बीभत्स हत्या गरी टाउकोसहित प्रहरी चौकीमा आत्मसमर्पण गरेको घटनाले स्थानीयमा त्रास
सारांश
- कैलालीको घोडाघोडी नगरपालिकामा एक युवकको घाँटी रेटेर हत्या, स्थानीयमा त्रास।
- हत्यामा संलग्न दुई किशोरले मृतकको टाउको बोकेर प्रहरीमा आत्मसमर्पण गरे।
- प्रहरीले घटनाको अनुसन्धान गर्दै, अभियुक्तको बयान र थप कारणको खोजी गर्दैछ।
धनगढी । कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा एक बीभत्स घटना घटेपछि सो क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ। केहि समययता यो क्षेत्रमा यसप्रकार घटना घटेका थिएनन्। फेरि शुक्रबार राति घटेको बीभत्स र क्रूर घटनाले सो क्षेत्रमा त्रास फैलिएको स्थानीयहरु बताउँछन्।
अहिलेसम्म जानकारीमा आएअनुसार घोडाघोडी नगरपालिका–८ जरैमा सामान्य विवादको निहुँमा एक युवकको घाँटी रेटेर हत्या गरियो। हत्यामा संलग्न दुई किशोरले मृतकको टाउको बोकी प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका थिए। यस घटनाले स्थानीय क्षेत्रमा गहिरो त्रास भएको सोही ठाउँका रामबहादुर विकले बताए।
‘यस्तो घटना त फिल्ममा मात्रै हुन्छ भन्थे, अहिले आफ्नै गाउँ ठाउँमा हुन थाले, कस्तो त्रास छ, यस्तो घटना फेरि पनि हुन नदिनले सुरक्षा निगरानी बढाउनुपर्छ, आआफ्ना बालबच्चा कस्तो बाटोमा छन् त्यो हेर्नुपर्छ,’उनले भने।
प्रहरीका अनुसार, २८ वर्षीय केशर बहादुर बुढाको हत्यामा संलग्न भएको आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार शुक्रबार राति खाजा खाने क्रममा उनीहरूबिच सामान्य भनाभन भएको थियो। त्यही विवाद यतिसम्म चर्कियो कि त्यसले एकजनाको ज्यानै लियो।
‘घटनामा संलग्नको बयान लिन बाँकी छ, के कारण हत्या गरियो घटनाको बारेमा थप विस्तृत जानकारी बयानपछि अनुसन्धानपछि थाहा हुनेछ,’उनले भने।
दुवै किशोरले धारिलो हतियारले बुढाको घाँटी छिनाएपछि मृतकको टाउको झोलामा राखेर करिब डेढ घण्टाको पैदल दूरीमा रहेको सुखडस्थित प्रतिखेत प्रहरी पोस्टमा आत्मसमर्पण गर्न हिँडेका थिए। उनीहरूको यो हर्कतले प्रहरीसमेत अचम्मित र स्तब्ध बन्यो। प्रहरीले मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखेको छ भने रक्ताम्मे शरीर घटनास्थलमै छ।
यो घटना भएको जरै बस्ती कैलालीकै मोहन्याल गाउँपालिकाको सीमा नजिक, जङ्गलको फेदमा रहेको छ। यहाँ कम घर थिए। पातलो बस्ती हो। मृतक केशर बहादुर बुढाको घर सुर्खेतको चौकुने गाउँपालिका–३ मोरीवन हो। त्यहाँ उनका आमाबुवा बस्छन्। उनको घोडाघोडी–८ जरैमा पनि घर छ।
उनी श्रीमती र छोराछोरीसँगै यहाँ बस्दै आएका थिए। सुर्खेतबाट उनका आफन्तहरू कैलाली आइपुगेपछि मात्र शवको मुचुल्का, पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया अगाडि बढाइने डीएसपी अवस्थीले जानकारी दिए। ‘प्रहरीले शव उठाउन आफन्तलाई कुहिरहेको छ,’उनले भने।
प्रहरीका अनुसार अभियुक्तहरूले हत्या गरेको स्वीकार गरिसकेका छन्, तर उनीहरूको विस्तृत बयान लिन बाँकी छ। ‘यसको पछाडि अन्य कुनै गहिरो कारण छ, हामी त्यसको अनुसन्धान गर्दैछौं,’ डीएसपी अवस्थीले भने, यस्तो बीभत्स हत्या गर्नुको पछाडिको मनोविज्ञान बुझ्न जरुरी छ।’
प्रहरीले घटनास्थललाई सिल गरेर थप प्रमाण सङ्कलन गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण