सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ढिस्कोमा च्यापिएर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

शनिबार, २५ असोज २०८२, १० : २८
शनिबार, २५ असोज २०८२

सारांश

  • छठ पर्वका लागि माटो खन्ने क्रममा पुरिँदा बारामा एक महिलाको मृत्यु भएको छ।
  • सिम्रौनगढ नगरपालिकाको नयाँ भवन नजिकैको ढिस्कोमा माटो खन्दा दुर्घटना भएको हो।
  • दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने अन्य १० जना सामान्य घाइते भएका छन्।

बारा । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी रहेकी छिन् भने गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन । 

उनका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् । भाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयाका ल्याइरहेको छ । घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप