कर्णालीका मुख्यमन्त्रीको सचिवहरूलाई निर्देशन : जेनजीको भावनालाई सम्मान गर्दै काम गर्नुहोस्
सारांश
- मुख्यमन्त्री कँडेलले सचिवहरूलाई सुधार योजनासहित काम गर्न निर्देशन दिएका छन्।
- उनले सेवामा पारदर्शिता, जवाफदेहिता र सहजताका साथै जनतालाई प्रत्यक्ष सुधारको अनुभूति गराउन आग्रह गरे।
- कँडेलले खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिए।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजनासहित काम गर्न प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन् । शनिबार कर्णाली प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै कँडेलले सुधारलाई व्यवहारमा रूपान्तरण गर्न आग्रह गरे ।
‘अहिले जनताले सेवामा पारदर्शिता, जबाफदेहिता र सहजता अपेक्षा गरेको छ,’ कँडेलले भने, ‘सरकारले दिने प्रत्येक सेवामा जनतालाई प्रत्यक्ष सुधारको अनुभूति दिलाउनुपर्ने हुन्छ ।’
कँडेलले कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्ने, कागजपत्रमा नभई व्यवहारमा पनि पारदर्शिता देखिनुपर्ने बताए । विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ सोच र कार्यशैली अपनाएर काममा गति दिनुपर्ने उनको भनाइ छ ।
‘हामीले हिजोका कमजोरी सुधारका उपाय खोज्नुपर्छ,’ उनले थपे, ‘सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहमा केन्द्रित हुनुपर्छ ।’
कँडेलले वर्तमान सङ्घ सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको खर्च कटौती गर्न, तालिम, भ्रमण, गोष्ठी र आवश्यक नभएका योजनाबाट खर्च कटाउने प्रस्ताव, फजुल खर्च रोक्ने नीति र योजना ल्याउन सचिवहरूलाई निर्देशन दिए ।
प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न निर्देशन पनि मुख्यमन्त्री कँडेलले निर्देशन दिए ।
साथै, सेवाप्रवाहमा सरलता ल्याउन, ढिलाइ संस्कृतिलाई अन्त्य गर्न र जनतामुखी प्रशासनिक सुधारमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण