आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाको मिसिसिपीमा  गोलीकाण्ड : चार जनाको मृत्यु र १२ घाइते

शनिबार, २५ असोज २०८२, २१ : ३१
शनिबार, २५ असोज २०८२

सारांश

  • मिसिसिपी राज्यमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
  • घटना लेल्यान्ड सहरको मुख्य सडकमा मध्यराततिर भएको थियो, जसमा १८ वर्षीय टायलर जारोड गुडलुको खोजी भइरहेको छ।
  • लेल्यान्ड सहरमा हाई स्कुलले 'होमकमिङ' मनाउन फुटबल खेल आयोजना गरेको थियो।
मिसिसिपी । अमेरिकाको मिसिसिपी राज्यमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
 
गोलाबारीको यो घटना राज्यको राजधानी ज्याक्सनबाट १९० किलोमिटर उत्तर(पूर्वमा पर्ने लेल्यान्ड सहरको मुख्य सडकमा मध्यराततिर भएको थियो। लेल्यान्डका मेयर जोन लीले सीबीएससँग कुराकानी गर्दै गम्भीर घाइते भएका चार जनालाई अस्पतालसम्म पुर्‍याउन एयरलिफ्ट गरिएको बताए । घटनामा संलग्न कोही पनि सन्दिग्ध अहिलेसम्म पक्राउ परेका छैनन्।
 
सामाजिक सञ्जाल रिपोर्टहरू अनुसार, प्रहरी र मिसिसिपी ब्युरो अफ इन्भेस्टिगेशनले गोलीबारीको सम्बन्धमा १८ वर्षीय टायलर जारोड गुडलुको खोजी गरिरहेका छन्।  घटना भएको शुक्रबार राति लेल्यान्ड सहर सामान्यभन्दा बढी व्यस्त थियो।
 
स्थानीय हाई स्कुलले आफ्नो वार्षिक परम्परा ‘होमकमिङ’ मनाउन फुटबल खेल आयोजना गरेको थियो। ‘होमकमिङ’ अमेरिकी परम्परा हो, जसमा पूर्व विद्यार्थीहरूलाई स्कुलको भावना र सामुदायिक एकता मनाउन शरद ऋतुमा फिर्ता स्वागत गरिन्छ।
 
मिसिसिपीको वासिङ्टन काउन्टीमा रहेको लेल्यान्ड एउटा सानो सहर हो, जसको जनसङ्ख्या करिब ४,००० मात्र छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप