सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

आइतबार, २६ असोज २०८२, १५ : ४७
आइतबार, २६ असोज २०८२

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ । 

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर यूएईलाई बलिङको निम्तो दिएका हुन् । नेपालले आजको खेलमा जित निकाल्दै सुपर सिक्समा सुखद सुरुवात गर्ने योजना बनाएको छ । 

नेपालले जापानलाई हराउँनै सुपर सिक्समा दुई अंक बटुलिसकेको छ । नेपालले आजको खेलमा कुनै पनि खेलाडी परिवर्तन गरेको छैन । 

नेपालको प्लेइङ–११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, दिपेन्द्र एस ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित नरायण राजवंशी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप