बीमाङ्की तथा विश्लेषकहरूसँग प्राधिकरणको छलफल
काठमाडौँ । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आइतबार बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालय आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास, प्रवर्द्धन र यसलाई दीर्घकालीन रूपमा स्थापित गर्नका लागि बीमाङ्कीय ज्ञान तथा बीमाङ्कीय जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल अधिकारीले बीमाङ्की विश्लेषक तथा सुपरीवेक्षकहरूसँग गरिएको सर्वेक्षणको नतिजा प्रस्तुत गर्दै समग्र बीमा क्षेत्रमा बीमाङ्की विश्लेषकहरूको सहभागिता बढ्दै गएको जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजीको कार्यान्वयन, जोखिममा आधारित पूँजीमा आर्थिक वर्ष २०८१/८२ मा अद्यावधिक भएका व्यवस्था र प्रतिवेदन पेस गर्दा बीमकहरूले ध्यान दिनुपर्ने विषयमा प्रस्तुतीकरण गरिन् ।
एक्चुरियल सोसाइटी अफ नेपालका अध्यक्ष प्रेक्षा माथेमाले बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूको ज्ञान, सीप र क्षमता विकासमा सहयोग गर्न सोसाइटी तयार रहेको बताए ।
कार्यक्रममा बीमाङ्की विश्लेषकहरूले आ–आफ्ना कार्य अनुभव, विद्यमान चुनौती र नियामकीय सहयोग लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।कार्यक्रममा एक्चुरियल सोसाइटी अफ नेपालका पदाधिकारी तथा सदस्यहरू र बीमा विश्लेषकहरूको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण