बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
‘धान सुपरजोन’मा किसानलाई चटारो (तस्बिरहरू)
फोटोफिचर

‘धान सुपरजोन’मा किसानलाई चटारो (तस्बिरहरू)

सोमबार, २७ असोज २०८२

बर्दिया । अन्नको भण्डार भनेर चिनिने बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला किसानहरूलाई धान काट्न भ्याइनभ्याई छ। पानी पर्न रोकिएपछि किसानहरू धान बाली भित्र्याउन व्यस्त भएका छन्।

Paddy_Cutting_Bardiya_NPL (1)

बर्दियाको कुल ७५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५० हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये बर्दियाको योगदान २० प्रतिशत रहेको छ।

Paddy_Cutting_Bardiya_NPL (2)

यस क्षेत्रको महत्त्वलाई ध्यानमा राख्दै सरकारले राजापुर नगरपालिकालाई ‘धान सुपरजोन’ घोषणा गरेको छ। विगतका वर्षहरूमा धान खेतीमा मात्र निर्भर रहने बर्दियाका कृषकहरू पछिल्लो समय भने उखु र मकै जस्ता बालीतर्फ पनि आकर्षित हुन थालेका छन्।

Paddy_Cutting_Bardiya_NPL (3)Paddy_Cutting_Bardiya_NPL (4)Paddy_Cutting_Bardiya_NPL (5)Paddy_Cutting_Bardiya_NPL (6)Paddy_Cutting_Bardiya_NPL (7)Paddy_Cutting_Bardiya_NPL (8)Paddy_Cutting_Bardiya_NPL (9)Paddy_Cutting_Bardiya_NPL (10)Paddy_Cutting_Bardiya_NPL (11)Paddy_Cutting_Bardiya_NPL (12)Paddy_Cutting_Bardiya_NPL (13)Paddy_Cutting_Bardiya_NPL (14)Paddy_Cutting_Bardiya_NPL (15)Paddy_Cutting_Bardiya_NPL (16)

तस्बिर: प्रकाश चन्द्र तिमिल्सेना / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया