फोटो फिचर
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
बुधबार, ०६ साउन २०८३, ०९ : ४२
सारांश
- पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल प्लास्टिकजन्य फोहोर, ढल मिसावट र अतिक्रमणको समस्याले ग्रस्त छ ।
- फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर देखिन्छ, जुन ताल सफाइ गरेर निकालिएको तर व्यवस्थापन नगरिएको फोहोर हो ।
- ताल सफाइ अभियान चलिरहे पनि फोहोर व्यवस्थापन नहुँदा ड्याम साइड पार्क क्षेत्र कुरुप बनेको छ ।
पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो – फेवाताल । पर्यटकका लागि आकर्षणको केन्द्र फेवातालले भने प्लास्टिकजन्य फोहोर, ढल मिसावट र अतिक्रमणको समस्या भोग्दै आएको छ । फेवातालमा पानीसहित अन्य पेय पदार्थका बोतल, प्लास्टिक, झोलादेखि जुत्ता–चप्पलसम्म भेटिन्छ ।
अहिले पनि फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर देखिन्छ । ताल सफाइ गरेर निकालिएको फोहोर व्यवस्थापन नगरी किनारमै छोडिएको छ । ड्याम साइड पार्क र त्यस आसपास मात्र होइन, तालमा पनि पानीका बोतल तैरिएको देखिन्छ ।

पोखरा महानगरपालिका, स्थानीय टोल विकास संस्था, नागरिक समाजले फेवाताल सरसफाइ गर्दै आएका छन् । तर, सङ्कलित फोहोर व्यवस्थापन नगरी किनारमा छोड्दा ताल छेउको ड्याम साइड पार्क क्षेत्र कुरूप बनेको छ । तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण