हमासले भन्यो– जीवित सबै बन्धक बुझाइसक्यौँ
सोमबार, २७ असोज २०८२, १५ : २३
सारांश
- हमासले आफ्नो कब्जामा रहेका सबै जीवित बन्धक रिहा गरेको जनाएको छ।
- पहिलो चरणमा ७ र दोस्रो चरणमा १३ जना गरी २० जना बन्धक रेडक्रसलाई सुम्पिएको हो।
- इजरायलले प्यालेस्टिनी कैदी र गाजामा रहेका बन्दीहरूलाई रिहा गर्नेछ।
काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले आफ्नो कब्जामा रहेका सबै जीवित बन्धक रिहा गरिएको प्रस्ट पारेको छ ।
मृतक बन्धकको शव केही समयपछि हस्तान्तरण गरिने हमासले जनाएको छ । सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना गरी हमासले २० जना बन्धक रेडक्रसलाई सुम्पिएको हो ।
रेडक्रसका अधिकारीहरू रिहा गरिएका बन्धक लिएर इजरायल पुगिसकेका छन् । इजरायली सेनाले हमासद्वारा रिहा गरिएका बन्धक आइसकेको जनाएको छ ।
शान्ति प्रक्रियाका लागि भएको सम्झौता अनुसार अब इजरायलले प्यालेस्टिनी कैदी रिहा गर्नेछ । इजरायलले २५० प्यालेस्टिनी कैदी र गाजामा उसको नियन्त्रणमा रहेका एक हजार ७०० भन्दा धेरै बन्दी रिहा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण