मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मिर्गौला बेचबिखनमा संलग्न दुई जना काठमाडौँबाट पक्राउ

सोमबार, २७ असोज २०८२, २० : ४१
सोमबार, २७ असोज २०८२

काठमाडौँ । मानव अङ्ग बेचबिखनमा संलग्न दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जिल्ला रामेछाप, मन्थली नगरपालिका १६ घर भई काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका १२ बस्ने वर्ष ३४ का मोतिलाल तामाङ र जिल्ला सुनसरी, इटहरी नगरपालिका १९ बस्ने वर्ष ४७ का नारायण बन रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार सर्वसाधारण मानिसहरूलाई ललाई फकाई र प्रलोभनमा पारेर भारत लैजाने तथा उनीहरूको मिर्गौलाको अवैध बिक्री वितरण गर्ने कार्यहरू भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै व्यक्तिलाई आवश्यक थप अनुसन्धानको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा दाखिला गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप