नेपाली यू–१९ महिला भलिबल टोली घोषणा
मङ्गलबार, २८ असोज २०८२, १३ : ४७
सारांश
- नेपाल भलिबल संघले यू-१९ महिला भलिबल टोली घोषणा गरेको छ।
- प्रतियोगिता श्रीलंकाको कोलम्बोमा कार्तिक १८ देखि २३ गतेसम्म हुनेछ।
- मुख्य प्रशिक्षक कुमार राईले १२ सदस्यीय टोली घोषणा गरे।
काठमाडौँ । नेपाल भलिबल संघले काभा यू–१९ महिला भलिबल च्याम्पियन्सिपका लागि नेपाली यू–१९ महिला भलिबल टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक कुमार राईले १२ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।
प्रतियोगिता श्रीलंकाको कोलम्बोमा कार्तिक १८ देखि २३ गतेसम्म (४–९ नोभेम्बर २०२५) हुनेछ । प्रशिक्षणमा भाग लिएका १६ जनाबाट १२ जना खेलाडी छनोट गरिएको संघले जानकारी दिएको छ ।
नेपाली टोलीः जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका श्रेत्री, क्रिस्मा डाँगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, सुनिता खत्री, रेविका लामा तामाङ र विनिता राना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण