बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

न्याय सेवा आयोगद्वारा सरकारी वकिल समूहको बढुवा सूचना प्रकाशित

बुधबार, २९ असोज २०८२, १० : १८
बुधबार, २९ असोज २०८२

सारांश

  • न्याय सेवा आयोगले न्याय सेवाका पदहरू बढुवाका लागि सूचना प्रकाशित गरेको छ।
  • बढुवा ज्येष्ठता, कार्य सम्पादन र कार्यक्षमता मूल्याङ्कनको आधारमा हुनेछ।
  • आवेदकले तोकिएको ढाँचामा ३५ दिनभित्र दरखास्त बुझाउनुपर्नेछ।

काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूहको राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका रिक्त पदहरू बढुवाद्वारा पूर्ति गर्न सूचना प्रकाशित गरेको छ। 

यी पदहरू ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कन को आधारमा बढुवा गरिनेछ। २०६२ असार मसान्तसम्म न्यूनतम सेवा अवधि पुगेका र आवश्यक शैक्षिक योग्यता भएका सम्भाव्य उम्मेदवारहरूले निर्धारित ढाँचामा आयोगमा दरखास्त बुझाउनुपर्नेछ।

दरखास्त दिने अन्तिम मिति गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र रहेको छ। दरखास्त न्याय परिषद्को सचिवालय, रामशाहपथ, काठमाडौँमा पेस गर्न सकिनेछ। बढुवाका लागि अयोग्य नभएको हुनुपर्ने र आवश्यक कागजातहरू (शैक्षिक योग्यता, तालिम, भौगोलिक क्षेत्रमा काम गरेको विवरणसहित) को प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

परीक्षा दस्तुर राजपत्राङ्कित प्रथम श्रेणीको लागि रु. २,५००/- र द्वितीय श्रेणीको लागि रु. २,०००/- तोकिएको छ, जुन राजश्व बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेछ। विस्तृत सूचना न्याय परिषद् सचिवालयको वेबसाइटमा उपलब्ध छ।

560138940_1358702785823529_5483590840592377572_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप