बाढी पहिरोका कारण चार राजमार्ग अवरुद्ध
सारांश
- बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
- सङ्खुवासभाको भोटखोला र मकालु गाउँपालिकामा सडकमा क्षति पुगेकोले कोशी राजमार्ग पूर्ण रूपमा बन्द छ।
- रसुवाको गोसाईंकुण्डमा पुल बगाएपछि पासाङ ल्हामु राजमार्ग तीन महिनादेखि बन्द छ।
काठमाडौँ । बाढी पहिरोका कारण क्षति पुगेका केही राजमार्ग अझै खुल्न सकेका छैनन् । नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कोशी र बागमती प्रदेशका ४ वटा मुख्य राजमार्ग अझै अवरुद्ध छन् ।
कोशी प्रदेशमा निरन्तर वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ एकुवामा सडक क्षति हुँदा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै, इलाम नगरपालिका–१, राजदुवाली लगायतका स्थानहरूमा अविरल वर्षाका कारण मेची राजमार्ग पनि अवरोध भएको छ ।
यसैगरी, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल बाढीले बगाउँदा तीन महिनायता पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, डालाबेशी, बुल्ढुङगा लगायतका स्थानहरूमा बाढी र पहिरोका कारण बीपी राजमार्गमा एकतर्फी रूपमा सञ्चालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण