बालेन शाह र सुदन गुरुङविरुद्ध सिरहामा जाहेरी
बुधबार, २९ असोज २०८२, १३ : ५५
सारांश
- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र सुदन गुरुङविरुद्ध सिरहा प्रहरीमा जाहेरी दर्ता भएको छ।
- राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले राजनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
- प्रहरीले जाहेरी दर्ता गरी घटनाको थप अनुसन्धान गर्ने जनाएको छ, जसले राजनीतिक वृत्तमा चर्चा ल्याएको छ।
सिरहा । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र 'हामी नेपाल'का संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी परेको छ।
नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले उनीहरूविरुद्ध जाहेरी दर्ता गराएका हुन्।
जाहेरीमा दुवै जनामाथि राजनीतिक मर्यादा विपरीत आपत्तिजनक अभिव्यक्ति दिएको र सामाजिक द्वन्द्व फैलाउने गतिविधि गरेको आरोप लगाइएको छ।
राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित जाहेरी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो।
यस घटनाले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ। प्रहरीले जाहेरी दर्ता गरी घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण