आज पनि घट्यो सेयर बजार, परिसूचक २५ सय नजिक
सारांश
- बुधबार नेपाल स्टक एक्सचेन्जमा नेप्से सूचकाङ्क २२.५८ अङ्कले घटेर २५०५.५८ मा पुग्यो।
- आज ३१८ कम्पनीको सेयर कारोबार हुँदा ४० कम्पनीको मूल्य बढ्यो भने २०६ को घट्यो।
- सबैभन्दा धेरै गिरावट ट्रेडिङमा २.०९ प्रतिशतले भयो भने समता लघुवित्तको मूल्य सबैभन्दा बढ्यो।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा परिसूचक आज पनि घटेको छ । बुधबार बजार बन्द हुँदा नेप्से सूचकाङ्क २२.५८ अङ्कले घटेर २५०५.५८ मा पुगेको छ ।
आज कुल ३ अर्ब १० करोड ८३ लाख ९४ हजार ५ सय ४६ रुपैयाँ बराबरको ७६ लाख ११ हजार ६ सय ६० कित्ता सेयर किनबेच भएको छ।
यस दिन कुल ३१८ वटा कम्पनीका सेयर कारोबार भएका थिए, जसमा ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको सेयर मूल्य घटेको छ र ५ कम्पनीको मूल्य स्थिर रहेको छ। कुल कारोबार सङ्ख्या ३५ हजार ७५० रहेको छ।
बजारमा आज म्युचुअल फण्ड बाहेक सबै परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट ट्रेडिङमा २.०९ प्रतिशतले भएको छ ।
आज सबैभन्दा धेरै नाफा कमाउने कम्पनीहरूमा समता लघुवित्तको मूल्य सबैभन्दा धेरै बढेको छ । समाज लघुवित्त र विन्धबासिनी हाइड्रोपावरमा आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन पुनर्बीमा १३ करोड ४९ लाख तथा युनियन हाइड्रोपावरको १२ करोड ९९ लाखको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण