यूएईले सामोआलाई हराए नेपाल र ओमानले विश्वकपमा खेल्ने
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा कतारले जापानलाई हराएको छ ।
अल इमिरेट्स क्रिकेट मैदानमा जापानले दिएको १४० रनको लक्ष्य पछ्याएको कतारले १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
कतारका लागि सारिक मुनिरले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै मोहम्मद–असिम लिकात–अलि २४ रन बनाउँदा मोहम्मद इक्रमउल्लाहले १६ रन जोडे ।
बलिङतर्फ जापानका लागि बेन्जामिन इटो–डेभिसले तीन विकेट लिए । त्यस्तै इब्राहिम ताकाहासीले दुई विकेट लिँदा कार्लेस हिन्जे र डेक्लन सुजुकी–मेकम्बले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धातिर २० ओभरमा ४ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
जापानका लागि इसामा रहमानले ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै बेन्जामिन इटो–डेभिसले ३२ रन बनाउँदा अविषेश अनान्दले २५ रन बनाए ।
कतारका लागि कप्तान मिर्जा मोहम्मद बेगले दुई विकेट लिँदा मारिया लुइसले एक विकेट लिए । यो नतिजासँगै कतार र जापान विश्वकप छनोट चरणबाटै बाहिरिएका छन् ।
अब विश्वकप छनोटको दौडमा चार टोली छन् । बुधबार नेपाल र ओमानभन्दा पहिले हुने यूएई र सामोआबिचको खेलमा यूएईले जित निकाले नेपाल र ओमान विश्वकपमा छनोट हुने पक्का छ । ओमान र नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष र दोस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण