मुख्यमन्त्री नियुक्तिको तयारी चल्दै गर्दा मधेस प्रदेश प्रमुखको कार्यालयमा एकाएक बढाइयो सुरक्षा, तस्बिरहरू
जनकपुरधाम । मधेस प्रदेश प्रमुखको कार्यालयमा बुधबार एकाएक सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । प्रदेश प्रमुखको कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो ।
मुख्यमन्त्री नियुक्तिको पूर्वसन्ध्यामा प्रदेश प्रमुखको कार्यालयमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको हो । मुख्यमन्त्रीमा दुई पक्षबाट दाबी परेपछि नियुक्तिमा अन्योल थपिएको छ ।
यसै सन्दर्भमा दलबलसहित दलहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । सम्भावित झडपलाई मध्यनजर गर्दै प्रदेश प्रमुख कार्यालय आसपास सुरक्षा बढाइएको हो ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न प्रदेश सभा सदस्यलाई आह्वान गरेकी थिइन् । दाबी पेस गर्न बुधबार दिउँसो ४ बजेसम्मको समय दिइएको थियो ।
सोही अनुसार लोसपा नेपालका जितेन्द्र सोनलले प्रदेश सभाका ५६ सांसदको समर्थनसहित दाबी पेस गरेका छन् भने नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णकुमार यादवले पनि आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि पत्र पेस गरेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण