आपराधिक गतिविधि गरेकाे आरोपमा जेनजी अगुवा शाही पक्राउ
काठमाडौँ । जेनजी अगुवा अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ उनलाई कोटेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी पवन भट्टराईले बताए ।
सूचना अधिकारी भट्टराईका अनुसार उनलाई आपराधिक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको हो ।
'उहाँकाे धेरै आपराधिक पृष्ठभूमिहरू देखिएकाे छ ।अस्तिदेखि नै हामीले उहाँकाे पृष्ठभूमि अध्ययन गरिरहेका थियाैँ,गर्दैछाैँ पनि । उहाँमाथि कहीँ विभिन्न मुद्दाहरू दर्ता भएका छन् । कहीँ फरार देखिएका छन् । त्यसकाे हामी विस्तृत भेरिफाई(पुष्टि) गर्दैछाैँ,सूचना अधिकारी भट्टराईले राताेपाटीसँग भने ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्त समेत हुन् ।
शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो ।
शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गरेको थियो । उनको टिमले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई घरबाटै थुत्ने अभिव्यक्ति दिएको सामाजिक सञ्जालमा भिडियो फुजेटमा देखिन्छ ।
जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही शीलत निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण