जेनजी अगुवा शाही ठगी र बैंकिङ कसुरका अभियुक्त
सारांश
- अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुरको अभियुक्त रहेको पुष्टि भएको छ।
- शाहीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकको राजीनामा मागेका थिए र अन्य उच्च पदस्थ अधिकारीहरूलाई धम्क्याएका थिए।
- उनी ३० हजार धरौटीमा छुटेका थिए र उनी विरुद्ध ठगी तथा बैंकिङ कसुरका मुद्दा अदालतमा विचाराधीन छन्।
काठमाडौँ । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुरको अभियुक्त रहेको भेटिएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो ।
उक्त टोलीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग समेत गरेको छ । उनको टिमले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई घरबाटै थुत्ने अभिव्यक्ति दिएको समेत भिडियो फुटेजमा देखिन्छ ।
शाही बैंकिङ कसुर मुद्दाका अभियुक्त रहेको भेटिएको छ । शाही विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
श्रीकृष्ण फुयाँलले दिएको जाहेरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जले उनी विरुद्धको अनुसन्धान अघि बढाएको थियो । महाराजगञ्ज वृत्तले शाहीलाई उपस्थित गराइदिन भन्दै २०८२ वैशाख ३० मा वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको थियो ।
विभागले उनलाई ठगी मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको थियो । विभागमा दर्ता भएको मुद्दा टुङ्ग्याएर उनलाई प्रहरीमा उपस्थित गराइएको थियो ।
प्रहरी वृत्त महाराजगञ्जमा दर्ता भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त उनी ३० हजार धरौटी बुझाएर छुटेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । उनी विरुद्ध प्रहरी वृत्त बौद्धले पनि बैंकिङ कसुर मुद्दा चलाएको थियो ।
शाहीले होमराज खपाङ्गी मगरसँग मिलेर रेड स्टार प्रोडक्सन एण्ड मिडिया हाउस चलाएका थिए । सो कम्पनीको तर्फबाट फुयाँललाई दिएको चेक साटिएन ।
चेक नसाटिएपछि फुयाँलले बाउन्स गरेर प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए । उनी विरुद्धको ठगी र बैंकिङ कसुरका ३ वटा मुद्दा अदालतमा विचाराधीन छन् ।
जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही शितल निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी थिए ।
अन्तरिम सरकार विस्तार भएसँगै उनले नेतृत्व गरेको समूहले संवैधानिक निकाय र उच्च पदस्थ सरकारी अधिकारीहरूलाई धम्क्याउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण