पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन
सारांश
- ७० औँ नेपाल प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरियो।
- रगतको अभाव परिपूर्ति गर्नका लागि आयोजित कार्यक्रममा ६७ युनिट रगत संकलन भयो।
- नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका थिए।
वीरगञ्ज । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पु-याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन भएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी कार्यालय प्रमुख सुदीपराज पाठकले रक्तदातालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए ।
‘‘प्रहरी दिवस विविध कार्यक्रम गरेर मनाउँदै आइरहेका छौँ,’’ पर्सा प्रहरी प्रमुख पाठकले भने, ‘‘बुधबार विभिन्न धार्मिकस्थलहरुमा सरसफाई ग-यौँ । आज रक्तदान कार्यक्रम गरेका छौँ । भोलि प्रहरी दिवसको मुल कार्यक्रम गर्ने तयारी छ ।’’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजार स्थिर
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण