बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्मचारीहरूलाई थप सुविधा दिएर भएपनि सेवालाई निरन्तरता दिन प्रधानमन्त्रीको निर्देशन

बिहीबार, ३० असोज २०८२, १४ : ५२
बिहीबार, ३० असोज २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले क्यानका कर्मचारीलाई सेवा निरन्तर राख्न निर्देशन दिइन्।
  • जिल्ला अदालत काठमाडौंको भवनमा आगलागी भएपछि प्राधिकरणको कार्यालयबाट सेवा सञ्चालनबारे छलफल भयो।
  • कर्मचारीलाई सुविधा दिएर पायक पर्ने काममा लगाउन र काम बन्द नगर्न प्रधानमन्त्रीको निर्देशन छ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कर्मचारीहरूलाई आवश्यकताअनुसार थप सुविधा दिएर भएपनि सेवा निरन्तर राख्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएकी छन् ।

बिहीवार क्यान बोर्डसँगको छलफल प्रधानमन्त्रीले सो निर्देशन दिएको क्यानकी बोर्ड सदस्य रोशन चित्रकारले जानकारी दिइन्  । उनकाअनुसार बैठकमा जिल्ला अदालत काठमाडौंको भवनमा आगलागी भएको कारण कठिनाई भएको भन्दै बबरमहलस्थित प्राधिकरणको कार्यालयबाट सेवा सञ्चालन गर्नेबारे पनि छलफल भएको छ । 

उनले भनिन्, ‘आजको बैठकमा समसामयिक घटनाक्रमको बारेमा छलफल भएको हो । आजको बोर्ड बैठकमा यो समयमा कर्मचारीले कसरी काम गर्ने ? कसले कहाँ कसरी मिलेर काम गर्न सकिन्छ भन्नेबारे नै छलफल भएको हो । सम्माननीय प्रधानमन्त्रीज्यूले सुविधा हुनेगरी कर्मचारीलाई पायक पर्ने काममा लगाएर भएपनि काम गर्ने कुरामा निर्देशन दिनुभएको छ । काम बन्द नगर्न भन्नुभएको छ । अदालत भवन जलेर गाह्रो भएको कारण प्राधिकरणको पछाडिको ठाउँबाट काम गर्ने विषयमा पनि छलफल भयो ।’

अन्य विमानस्थलहरु सञ्चालन गर्नेबारे छलफल नभएको चित्रकारको भनाइ छ । —न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप