नियमित महाधिवेशनको कार्यतालिका नआए विशेष महाधिवेशन बाध्यता हुन्छ : गगन थापा
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले मंसिरभित्र महाधिवेशन नभए विशेष महाधिवेशन हुने बताए।
- थापाले विशेष महाधिवेशन माग गर्नेहरू पनि मंसिरभित्रै नियमित महाधिवेशन चाहन्छन् भने।
- थापाले कार्यसम्पादन समितिले तय गरेका ८ एजेन्डा बैठकमा पेश गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन मङ्सिरभित्र हुने गरी कार्यतालिका केन्द्रीय कार्यसमितिमा नआए विशेष महाधिवेशन बाध्यता हुने बताएका छन् ।
केन्द्रीय कार्यसमितिको पार्टी कार्यालय सानेपामा बसेको बैठकमा एजेन्डा पेस गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन माग गर्नेहरू पनि मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन होस् भन्ने चाहना राख्ने बताए ।
थापाले बैठकमा कार्यसम्पादन समितिले तय गरेका ८ एजेन्डा पेस गरेका छन् । एजेन्डा पेस गर्दै थापाले विशेष महाधिवेशन माग गर्दै दर्ता भएको पत्रमा विधानबमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाइने बताए ।
‘विशेष महाधिवेशनको लागि विधानमा व्यवस्था भएबमोजिम पार्टीमा महाधिवेशनको माग राख्दै हस्ताक्षर बुझाउनुभएको छ । यो दर्ता भएको पत्रमा विधानबमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाइनेछ,’ थापाले बैठकमा भने, ‘तर, मलाई विश्वास छ, विशेष अधिवेशनका माग कर्ता साथीहरूले मङ्सिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नुभएकाले यो बैठक टुङ्गिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौँ ।’
उनले नियमित महाधिवेशनको कार्यतालिका आएमा विशेष महाधिवेशनको बहस सकिनेसमेत बताए । केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशनको कार्यतालिका पास गर्ने थापाको भनाइ थियो ।
महामन्त्री थापाले नियमित महाधिवेशनको कार्यतालिका आएपछि समझदारीमा विशेष महाधिवेशन आवश्यक नभएको निर्णय हुने बताए । ‘नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशन आवश्यक नरहेको निर्णयमा हामी पुग्नेछौँ,’ थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण