बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जसपा नेपाल मधेसको अध्यक्षमा बालकिशोर यादव निर्विरोध

बिहीबार, ३० असोज २०८२, १९ : ०७
बिहीबार, ३० असोज २०८२

काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिको अध्यक्षमा बालकिशोर यादव निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार निर्वाचनका लागि मनोनयन दर्ताको समय सीमाभित्र अध्यक्ष पदमा बालकिशोरको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । 

उनका साथै मुख्यसचिवमा ज्ञानेन्द्र कुमार यादव र कोषाध्यक्षमा विष्णु प्रसाद साहको एकल उम्मेदवारी परेपछि अध्यक्ष यादवसँगै मुख्यसचिव र कोषाध्यक्ष समेत निर्विरोध निर्वाचित भए ।

अध्यक्ष पदका अर्का दाबेदार योगेन्द्र राय यादवले सर्लाहीको प्रतिनिधि छनौट र प्रदेशबाट मनोनयन गरिने पाँच प्रतिशत प्रतिनिधिमा वर्तमान अध्यक्ष बालकिशोर प्रसाद यादव पक्षले धाँधली गरेको आरोप लगाउँदै निर्वाचन प्रक्रिया नै बहिस्कार गरेपछि बालकिशोर लगायतका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

बाँकी ३ जना उपाध्यक्षमा सात जना, ३ जना सचिवमा ४ जना र ४२ जना सदस्यका लागि ७२ जनाले उम्मेदवारी दिएपछि बन्द सत्रमा उपस्थित प्रतिनिधिहरूले कार्यसमितिलाई पूर्णता दिने अधिकार अध्यक्ष मण्डललाई दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप