कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका सञ्चालक हेमराज बडाल पक्राउ
काठमाडौँ । कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका सञ्चालक हेमराज बडाललाई प्रहरीले पक्राउ गरेको छ ।
बडाललाई महाराजगञ्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एआईजी डा. मनोज केसीले रातोपाटीलाई बताए ।
यसअघि असोज २४ मा बडाल पत्नी तथा कान्तिपुर भेट डिस्ट्रिव्युटर्सकी अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो । सुनाको बयानको आधारमा बिहीबार हेमराज पक्राउ परेका हुन् ।
बडाल दम्पती काठमाडौँ महानगरपालिका–१३ स्थित शंखमुल बस्दै आएका छन् । कान्तिपुर भेट ललितपुरमा सञ्चालित ठुलो भेटेनरी कम्पनी हो ।
पशु सेवा विभागबाट अनुमति लिएको भन्दा बाहिरको प्रतिबन्धित औषधीहरू किर्ते कागजात बनाएर आयात गरेर सो कम्पनीले बेच्ने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
विभागबाट पशुपन्छीको फिड सप्लिमेन्ट, प्रोवायोटिक्स,भिटामिन, मिनरल र टक्सिन वाइन्डर भन्दा थप सामग्री आयात गर्न सो कम्पनीका सञ्चालकले किर्ते कागजात बनाएको भेटिएको छ । उनीहरूमाथि प्रहरीले किर्ते सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा तत्कालीन महान्यायाधिवक्ता रमेश बडालको संरक्षणमा सो कम्पनीका सञ्चालक पक्राउ पर्नबाट जोगिएको प्रहरीका अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण