कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका सञ्चालक पक्राउ
सारांश
- कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका संचालक अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।
- उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको हो, र उनी सर्लाहीकी हुन्।
- प्रहरीले किर्ते कागजात बनाएर प्रतिबन्धित औषधी आयात गरी बेचेको आरोपमा अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका संचालक अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।
सुवेदी सर्लाहीको ईश्वरपुर घर भएर काठमाडौँ महानगरपालिका–१३ स्थित शंखमुल बस्दै आएकी थिइन् । कान्तिपुर भेट ललितपुरमा सञ्चालित ठुलो भेटेनरी कम्पनी हो ।
पशुसेवा विभागबाट अनुमति लिएको भन्दा बाहिरको प्रतिबन्धित औषधीहरू किर्ते कागजात बनाएर आयात गरेर सो कम्पनीले बेच्ने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । विभागबाट पशुपन्छीको फिड सप्लिमेन्ट, प्रोवायोटिक्स, भिटामिन, मिनरल र टक्सिन वाइन्डर भन्दा थप सामग्री आयात गर्न सो कम्पनीका सञ्चालकले किर्ते कागजात बनाएको भेटिएको एसएसपी श्रेष्ठले बताए ।
शुक्रवार पक्राउ गरेर प्रहरीले उनीमाथि किर्ते सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा तत्कालीन महान्यायाधिवक्ता रमेश बडालको संरक्षणमा सो कम्पनीका सञ्चालक पक्राउ पर्नबाट जोगिएको प्रहरीका अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण