एक्स्ट्राटेक ओभलमा काठमान्डु गोर्खाजको रात्री अभ्यास खेल
बिहीबार, ३० असोज २०८२, २२ : ५९
सारांश
- काठमान्डु गोर्खाजले रुपन्देहीको मिश्रित टोलीसँग अभ्यास खेल खेलेको छ।
- खेल एक्स्ट्राटेक ओभल मैदानमा फ्लड लाइट अन्तर्गत पहिलो पटक भएको हो।
- प्रबन्ध निर्देशक विनोद कुँवरले सामाजिक सञ्जालमार्फत जानकारी दिए।
काठमाडौँ। । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित एक्स्ट्राटेक ओभल मैदानमा बिहीबार राति नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले अभ्यास खेल खेलेको छ। यो अभ्यास खेलसँगै मैदानमा पहिलोपटक फ्लड लाइट अन्तर्गत रात्री खेलको सुरुवात भएको हो।
पछिल्ला केही हप्तादेखि भैरहवामा बसेर तयारी गर्दै आएको काठमान्डु गोर्खाजले एनपीएलको तयारी अन्तर्गत फ्लड लाइटमा रुपन्देहीको मिश्रित टोलीसँग अभ्यास खेल सञ्चालन गरेको हो। एक्स्ट्राटेक ओभलका प्रबन्ध निर्देशक विनोद कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत फ्लड लाइट सञ्चालनको सफल सुरुवातबारे जानकारी दिएका छन्।
यससँगै एक्स्ट्राटेक ओभल मैदानको फ्लड लाइट यात्रा सुरु भएको प्रबन्ध निर्देशक कुँवरले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण