हमासलाई ट्रम्पले दिए चेतावनी
शुक्रबार, ३१ असोज २०८२, १० : ४८
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले हमासलाई सम्झौता उल्लंघन गरे गाजामा कारबाही गर्ने चेतावनी दिए।
- ट्रम्पले सामाजिक सञ्जालमा हमासले मानिसको हत्या जारी राखेमा समाप्त पार्ने बताएका छन्।
- गाजामा भइरहेको हिंसालाई लिएर ट्रम्पको यो अभिव्यक्ति आएको हो, जहाँ युद्धविरामपछि मानिसहरू घर फर्कंदै छन्।
वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह ‘हमास’लाई चेतावनी दिएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’ मा लेखेका छन्, ‘यदि सम्झौताविपरीत गएर हमासले गाजामा मानिसको हत्या जारी राख्छ भने हामीसँग उसलाई समाप्त गर्नुबाहेक अरू कुनै विकल्प रहने छैन ।’
यसअघि ट्रम्पले गाजामा अमेरिकी सैनिकको तैनाथी नहुने बताएका थिए । उनको पछिल्लो अभिव्यक्तिलाई गाजामा भइरहेको हिंसासँग जोडेर हेरिएको छ ।
हमासले आफ्ना विरोधीहरूलाई निसाना बनाएका कारण यस प्रकारको हिंसा भएको बताइन्छ । हमास र इजरायलका बिच युद्धविरामपछि गाजावासीहरू आ–आफ्नो घर फर्कन थालेका छन् । उनीहरू आफ्नालागि अत्यावश्यक सामानको जोहोमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण