एमाले पुनर्गठन र रूपान्तरण अनिवार्य : ठाकुर गैरे
सारांश
- एमाले नेता ठाकुर गैरेले पार्टी पुनर्गठन र रूपान्तरण आवश्यक रहेको बताए।
- उनले पार्टी रूपान्तरणको बहसमा नेताको विरोध नहुने र समग्र पार्टी जीवनमा परिवर्तन हुनुपर्ने बताए।
- गैरेले भदौ २३ र २४ को घटनाबारे वस्तुपरक ढङ्गले बहस गर्नुपर्ने र वामपन्थी आन्दोलनका समस्याबारे समीक्षा गर्नुपर्ने बताए।
काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य ठाकुर गैरेले पार्टी पुनर्गठन र रूपान्तरण अपरिहार्य आवश्यकता रहेको बताएका छन् । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार बोल्दै उनले पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा नबुझ्न आग्रह गर्दै रूपान्तरण र पुनर्गठन जरुरी रहेको धारणा राखेका हुन् ।
‘पार्टी रूपान्तरण र पुनर्गठनको बहसमा खास नेताको विरोध र समर्थन मान्नु हुँदैन’, गैरेले धारणा राख्दै भनेका छन्– ‘रूपान्तरण भनेको सोच, कार्यशैली, एजेन्डा, कार्यक्रममा र समग्र पार्टी जीवनमा हुनुपर्छ ।’
उनले भदौ २३ र २४ को घटनामा तथ्य र वस्तुपरक ढङ्गले बहस गर्नुपर्ने भन्दै यथार्थमा उभिएर भोलि कसरी जाने भनेर निष्कर्ष निकाल्नुपर्ने बताएका छन् । उनले वामपन्थीहरूले कहाँ कहाँ सुधार गर्नुपर्ने हो त्यसबारे समेत समीक्षा हुन जरुरी रहेको धारणा राखेका छन् ।
‘हाम्रो वाम आन्दोलनमा कहाँ समस्या हो ?’, प्रश्न गर्दै गैरेले भनेका छन्– ‘हामीले ध्यान नपुर्याएका विषयहरू के हुन् ? संविधान संशोधनका कुरा गर्ने एजेन्डा तय नगर्ने, भ्रष्टाचार नियन्त्रणका कुरा गर्ने तर काम नगर्ने लगायतका कारण पैदा भएको असन्तुष्टिमा हाम्रो भूमिकाको समीक्षा गरौँ ।’ जेनजीका मुद्दा, चुनाव र संसद् पुनर्स्थापनालाई सँगसँगै लैजानुपर्ने गैरेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण