सातौँ बाह्रखरी कथा प्रतियोगिता घोषणा, विजेतालाई पाँच लाख पुरस्कार
सारांश
- बाह्रखरी मिडियाले 'डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता २०८२' घोषणा गरेको छ।
- प्रतियोगितामा सहभागीहरूले कात्तिक ३० गतेभित्र कथा इमेलमार्फत पठाउनुपर्नेछ।
- प्रतियोगितामा उत्कृष्ट तीन कथालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ, जसमा २ लाख, १ लाख र ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ।
काठमाडौँ । ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता २०८२’ घोषणा गरिएको छ । शुक्रबार (असोज ३१) काठमाडौँमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो ।
कथा लेखनको सम्बर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठुलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा सहभागीका लागि कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्ने प्रावधान रहेको छ । कथा नेपाली भाषाका सर्जकहरूले संसारभरबाट पठाउन सक्नेछन् ।
कथा लेखनको सम्बर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि निरन्तर चलाएको अभियानलाई निरन्तरता दिँदै ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता २०८२’ घोषणा गरेको छ ।
प्रतियोगिताको निर्णायक समूहमा नाट्यकर्मी तथा साहित्यकार अशेष मल्ल र वरिष्ठ कथाकार मञ्जु काँचुली र अभय श्रेष्ठ रहेका छन् । बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।
ती कथाहरू मध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा २०८२’ पुस्तकका लागि थप २२ समेत गरी २५ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरिनेछ ।
कथाका लागि आयोजकले सर्त तथा नियम पनि राखेका छ । जसका लागि रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ र अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्याएर पठाउन नपाइने बताएको छ । कथा अप्रकाशित र अप्रसारित हुनुपर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण