टिओबीबारे सेना : ‘हाम्रो नोटिसमा छ’
सारांश
- प्रहरीले जेनजी प्रदर्शनमा पेस्तोल बोकेको समूहको अनुसन्धान गरिरहेको छ, जसले टिओबी टिसर्ट लगाएका थिए।
- नेपाली सेनाले पनि सो समूहलाई नोटिसमा लिएको जनाएको छ, र थप जानकारीको लागि आह्वान गरेको छ।
- टीओबी समूहका नेता तेन्जिङ दावा लामा पक्राउ परेका छन्, र उनको नागरिकता शंकास्पद देखिएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह भनिएका ‘टिओबी’ को टिसर्ट लगाएर पेस्तोल बोक्ने समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । नेपाली सेनाले पनि सो समूह आफ्नो नोटिसमा रहेको बताएको छ ।
शुक्रबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा टिओबीबारे सोधिएको प्रश्नमा सेनाको युद्धकार्य विभागका प्रमुख ‘उपरथी’ अनुपजंग थापाले भने– ‘त्यसलाई हामीले नोटिसमा लिएका छौँ, अन्य सूचना भए हामीलाई उपलब्ध गराइदिनुस् ।’
समूहका अगुवा बौद्ध बस्दै आएका तेन्जिङ दावा लामा असोज २६ मा पक्राउ परेका थिए । तेन्जिङ समूहका बुलेट बाइक चढ्ने युवाहरू भदौ २३ र २४ मा भएको प्रदर्शनमा काठमाडौँको बिजुलीबजारस्थित पुलबाट प्रदर्शनमा सहभागी भएको भिडियो फुजेटमा देखिन्छ ।
उनीहरू सबैको ज्याकेटमा टिओबी लेखिएको थियो । टिओबीको अर्थ ‘तिब्बतियन ओरिजिनल ब्लड’ हुन्छ । जेनजी प्रदर्शनमा फ्रि–तिब्बत समर्थकहरूको घुसपैठ भएको भनेर आलोचना भइरहेको छ ।
पेस्तोल कम्मरमा भिरेको भिडियो फुजेटमा देखिएपछि पक्राउ परेका तेन्जिङको जन्मदर्ता र नागरिकता शङ्कास्पद देखिएको छ । प्रहरीले नागरिकता र जन्म दर्ताबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण