एक सातादेखि आन्दोलित छन् मणिपाल र जिएमसी अस्पतालका नर्सहरू (तस्बिरहरू)
सारांश
- कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनमा छन्।
- नर्सहरूले आफूहरूले न्यून पारिश्रमिक पाइरहेको गुनासो गरेका छन्, जबकि सरकारले तोकेको तलब मापदण्ड छ।
- अस्पताल प्रशासनले नर्सहरूको माग पूरा गर्न नसक्ने जनाएको छ, तर मणिपालले केही तलब बढाउन तयार रहेको बताएको छ।
पोखरा । कास्कीको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) मा कार्यरत नर्सहरू एक साता यता आन्दोलित छन् ।
पारिश्रमिक वृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्सहरू असोज २४ गतेदेखि आन्दोलन गरिरहेका छन् । यस्तै असोज २७ गतेदेखि जिएमसीका नर्सहरू आन्दोलनमा उत्रिएका छन् ।
नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौँ तहको तलब ३४ हजार ७३० रुपैयाँ तोकिएको छ ।
_LmkwKC8yDG.jpg)
मणिपाल र जिएमसीका नर्सहरुले आफुहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने नर्सहरूको माग छ ।
_H0Aj5P0z4p.jpg)
मणिपालले २४ हजारदेखि २९ हजारसम्म दिन तयार रहेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । मणिपाल र जिएमसी दुवैले नर्सहरूको मागअनुसार तलब दिन नसक्ने उल्लेख गरेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_VH6FhnWGQb.jpg)
_Eip6IwJFqY.jpg)
_YGNpn36WJ6.jpg)
_QV3gyT19IS.jpg)
_4bXMqvseog.jpg)
_nOKzqeVeDR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण